एक हप्तामा कति पटक यौन सम्पर्क गर्नु राम्रो ?

एक हप्तामा कति पटक यौन सम्पर्क गर्नु राम्रो ? : Icon Khabar

काठमाडौँ, फागुन १ । यौन सम्पर्क खासगरी विवाहित दम्पतीको दिनचर्याकै एउटा हिस्सा हो । नव–दम्पतीबीच रातमा कति पटक यौन सम्पर्क स्थापित हुन्छ । जब उमेर ढल्कदै जान्छ वा बैवाहिक जीवन लम्बिदै जान्छ, यौन सम्र्कको दर पनि क्रमस घट्दै जान्छ ।

थुप्रै दम्पतीबीच यौन सक्रियतामा असन्तुलन हुनेगर्छ । कतिले आफ्नो पार्टनर यौनमा उदासिन भएको बताइरहेका हुन्छन् । त्यसैगरी कतिले आफ्ना पार्टनर यौनमा बढी नै सक्रिय हुने गुनासो गर्छन् । जबकी यौन सम्पर्कमा दुबैको रुची, उत्सुकता र सक्रियता समान हुनुपर्छ । यदि त्यसो भयो भने यौन जीवन सुखमय हुन्छ ।

अक्सर दम्पतीको यौन सम्बन्धमा तालमेल मिलिरहेको हुँदैन । यहि कारणले उनीहरुको सम्बन्धमा खटपट आउँछ । मनमुटव हुनेगर्छ । कतिपय अवस्थामा त डिभोर्स पनि हुने गर्छ ।
यौन आधारभूत आवश्यकता हो भन्ने त सबैलाई थाहा छ तर, यौनसम्पर्क कति दिनमा कति पटक राख्ने भन्ने कुरा धेरैलाई हेक्का नहुन सक्छ ।

आफ्नो स्वास्थ्यलाई पनि ध्यानमा राखेर यौन सम्बन्ध स्थापित गर्नु एकदमै राम्रो मानिन्छ । हालै गरिएको एक अध्ययनले हप्तामा कति पटक यौन सम्बन्ध राख्दा राम्रो हुने भन्ने तथ्य बाहिर ल्याएको छ । यौन जोडीकाबीच इन्टिमेसीको अध्ययन गरियो र त्यसमा केही रोचक नतिजा देखियो ।

आर्काइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार, एक जना विवाहित जोडीलाई वर्षमा ५१ पटक यौन सम्बन्ध राख्नुपर्ने देखायो । यसको मतलव हप्तामा एक दिन अनिवार्य सेक्स गर्नु राम्रो हो ।

सन् २००० र २००४ कोबीचमा भएको एक अध्ययनले विवाह भइसकेका जोडी जति पटक यौन सम्बन्ध राख्छन् त्यस संख्यामा कमी आएको देखाएको छ । आफ्नो कामको व्यस्ताले, मानिसक तनाव जस्ता कारणले मानिसको यौन शक्तिमा ह्रास आएको देखाएको हो ।

वर्षेपिच्छे यौन सम्बन्ध राख्ने जोडीको संख्यामा कमि हुँदै गएको अध्ययनले देखाएको हो । लगभग दुई दशक पहिलेको तथ्यांकको तुलनामा जोडिहरु अब ९ गुना कम यौन सम्बन्ध राख्ने गरेका छन् ।

जर्नल अफ सोशल साइकोलोजिकल ऐन्ड पर्सनेलिटी साइन्समा प्रकाशित एक अध्ययनका अनुसार जो जोडी सातामा एक पटक यौन सम्पर्क गर्छन्, उनीहरु सबैभन्दा खुशी देखिन्छन् ।

अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकासित एक अध्ययन अनुसार जो पुरुष हप्तामा दुई पटक भन्दा बढी यौन सम्पर्क गर्छन्, उनीहरुमा हृदयघातको खतरा ४५ प्रतिशत कम हुन्छ ।

शिकागो विश्वविद्यालयद्वारा गरिएको अध्ययन द सोशल अर्गनाइजेशन अफ सेक्शुएलिटीः सेक्शुअल प्रैक्टिसेज इन द यूनाइटेड स्टेट्स’ ले लगभग एक तिहाई जोडीहरु हप्तामा दुईदेखि तीन पटक सम्म सेक्स गर्छन्, जबकी केहि जोडीले भने महिनामा एक वा दुई अथवा तीन पटक मात्र सेक्स गर्ने गर्छन् । – एजेन्सी

Published Date: 13 February 2023


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु