ङादी ग्रुप पावर कम्पनीको लाभांश घोषणा

ङादी ग्रुप पावर कम्पनीको  लाभांश घोषणा : Icon Khabar

काठमाडौं, फागुन १ । ङादी ग्रुप पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत लाभांश दिने भएको छ । आज सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ४.५७% बोनस सेयर र कर प्रयोजनको लागि ०.२५% नगद गरी कुल ५% लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २५ फागुनमा साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनाका लागि कम्पनीले १० फागुनमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । तसर्थ फागुन ९ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित भएपछि सेयधनीले पाउनेछन् ।

.

Published Date: 13 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?