ङादी ग्रुप पावर कम्पनीको लाभांश घोषणा

ङादी ग्रुप पावर कम्पनीको  लाभांश घोषणा : Icon Khabar

काठमाडौं, फागुन १ । ङादी ग्रुप पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत लाभांश दिने भएको छ । आज सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ४.५७% बोनस सेयर र कर प्रयोजनको लागि ०.२५% नगद गरी कुल ५% लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २५ फागुनमा साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनाका लागि कम्पनीले १० फागुनमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । तसर्थ फागुन ९ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित भएपछि सेयधनीले पाउनेछन् ।

.

Published Date: 13 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा