कालिन्चोक भगवती मन्दिर: हिन्दू धर्मका भक्तजनका लागि महत्वपूर्ण शक्ति पीठ (फोटो फिचर)

कालिन्चोक भगवती मन्दिर: हिन्दू धर्मका भक्तजनका लागि महत्वपूर्ण शक्ति पीठ (फोटो फिचर) : Icon Khabar

दोलखा, वैशाख ७ । कालिन्चोक भगवती मन्दिर नेपालको दोलखा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल हो । सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर दूरीमा रहेको कुरीबजारसम्म मोटरबाट र त्यहाँबाट करिब १ घण्टाको उकालो पैदलयात्रा गरेर यो मन्दिरमा पुग्न सकिन्छ । कुरीबजारबाट केबुलकारमा मन्दिरसम्म जाने सुविधा पनि छ ।

कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवतीसमेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती पनि रहेको छ । कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृंखला र मनोरम प्राकृतिक दृष्यको अवलोकन गर्न सकिन्छ ।

यो मन्दिर समुद्री सतहदेखि करिब ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको छ । कालिन्चोक मन्दिर हिन्दू धर्मका भक्तजनका लागि महत्वपूर्ण शक्ति पीठ मानिन्छ । विभिन्न चाडपर्व तथा विशेष अवसरमा यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । यस क्षेत्रमा हिउँ परिरहने भएकाले हिउँमा खेल्न युवायुवती पनि प्रसस्त जाने गर्छन् ।

 

यस मन्दिरमा भक्तजनले पशु वलि, नरिवल वलि र अन्य पूजा सामग्रीका साथै त्रिशुल, घण्टी चढाउने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 April 2025
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने