कालिन्चोक भगवती मन्दिर: हिन्दू धर्मका भक्तजनका लागि महत्वपूर्ण शक्ति पीठ (फोटो फिचर)

कालिन्चोक भगवती मन्दिर: हिन्दू धर्मका भक्तजनका लागि महत्वपूर्ण शक्ति पीठ (फोटो फिचर) : Icon Khabar

दोलखा, वैशाख ७ । कालिन्चोक भगवती मन्दिर नेपालको दोलखा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल हो । सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर दूरीमा रहेको कुरीबजारसम्म मोटरबाट र त्यहाँबाट करिब १ घण्टाको उकालो पैदलयात्रा गरेर यो मन्दिरमा पुग्न सकिन्छ । कुरीबजारबाट केबुलकारमा मन्दिरसम्म जाने सुविधा पनि छ ।

कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवतीसमेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती पनि रहेको छ । कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृंखला र मनोरम प्राकृतिक दृष्यको अवलोकन गर्न सकिन्छ ।

यो मन्दिर समुद्री सतहदेखि करिब ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको छ । कालिन्चोक मन्दिर हिन्दू धर्मका भक्तजनका लागि महत्वपूर्ण शक्ति पीठ मानिन्छ । विभिन्न चाडपर्व तथा विशेष अवसरमा यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । यस क्षेत्रमा हिउँ परिरहने भएकाले हिउँमा खेल्न युवायुवती पनि प्रसस्त जाने गर्छन् ।

 

यस मन्दिरमा भक्तजनले पशु वलि, नरिवल वलि र अन्य पूजा सामग्रीका साथै त्रिशुल, घण्टी चढाउने परम्परा रहेको छ ।

Published Date: 20 April 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर