विज्ञप्ति निकालेरै निजी विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

विज्ञप्ति निकालेरै निजी विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह : Icon Khabar

काठमाडौँ, वैशाख ७ । शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउन सबै शिक्षक–कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।

आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महाससंघले शिक्षकहरूलाई निर्देशन दिएको छ । कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।

Published Date: 20 April 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग