मंगलबार छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले घट्यो

मंगलबार छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख २ । आइतबार रेकर्ड मूल्यमा प्रवेश गरेको सुनको भाउ आज भने घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १ लाख ८६ हजार रुपैयाँमा प्रवेश गरेको थियो ।
यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १९ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको भाउ तोलाको १९ सय ६० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 15 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु