आजदेखि ५ रुपैयाँ दरको नयाँ नोट प्रचलनमा

आजदेखि ५ रुपैयाँ दरको नयाँ नोट प्रचलनमा : Icon Khabar

काठमाडौँ, वैशाख २ । नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ ।

बैंकले रुपैयाँ ५ दरको साविककै आकार तथा रङ्गमा नं. ५०००००१ देखि १५ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल रा रुपैया ५ रुपैयाँ पाँच तुरुन्त पाइने छ,’ भन्ने प्रतिज्ञामूलक वाक्यांश सहित रु.५ को नयाँ नोट प्रचलनमा ल्याएको हो ।
यस्ता छन् नोटका विशेषताः

नोटको अग्र भागमाः

१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको

२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको

३. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महा प्रसाद अधिकारी रहेको

४. नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं लेखिएको

नोटको पृष्ठ भागमा

१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र लेखिएको ।

२. नोटको मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको

३.नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा लेखिएको ।

४. नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा 2024 A.D लेखिएको

यस अघि मिति २०७७ साल मंसिर १० गतेदेखि रुपैयाँ ५ दर (सिरिज २०२०) व सङ्केत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचन गरिएकोमा सङ्केत नं ५ ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 April 2025
Website | + posts