आजदेखि ५ रुपैयाँ दरको नयाँ नोट प्रचलनमा

आजदेखि ५ रुपैयाँ दरको नयाँ नोट प्रचलनमा : Icon Khabar

काठमाडौँ, वैशाख २ । नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ ।

बैंकले रुपैयाँ ५ दरको साविककै आकार तथा रङ्गमा नं. ५०००००१ देखि १५ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल रा रुपैया ५ रुपैयाँ पाँच तुरुन्त पाइने छ,’ भन्ने प्रतिज्ञामूलक वाक्यांश सहित रु.५ को नयाँ नोट प्रचलनमा ल्याएको हो ।
यस्ता छन् नोटका विशेषताः

नोटको अग्र भागमाः

१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको

२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको

३. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महा प्रसाद अधिकारी रहेको

४. नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं लेखिएको

नोटको पृष्ठ भागमा

१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र लेखिएको ।

२. नोटको मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको

३.नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा लेखिएको ।

४. नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा 2024 A.D लेखिएको

यस अघि मिति २०७७ साल मंसिर १० गतेदेखि रुपैयाँ ५ दर (सिरिज २०२०) व सङ्केत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचन गरिएकोमा सङ्केत नं ५ ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Published Date: 15 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु