काठमाडौँ, वैशाख २ । चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्सलाई ३ बल अगाडि ५ विकेटले हराएको छ। लगातारको पाँचौ हारपछि चेन्नईको यो पहिलो जित हो।
जितको लागि १ सय ६७ रनको चुनौती पछाएको चेन्नईले १९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
शेक रसिद र राचिन रविन्द्रले पहिलो विकटको लागि ५२ रनको साझेदारी गरे। शेक २७ रनमा र राचिन ३७ रनमा आउट भए। लगतै राहुल त्रिपाठी ९ रनमा, रविन्द्र जडेजा ७ रनमा र विजय शंकर ९ रनमा पबिलियन फर्किए। ५ विजेटको नोक्सानीमा चेन्नईले १ सय ११ रन बनाएको थियो।
त्यसपछि शिवम दुबे र महेन्द्र सिंह धोनीले चेन्नईलाई जिततर्फ डोर्याए। यी दुईले छैटौं विकेटको लागि अविजित ६७ रनको साझेदारी गरे।
शिवमले ३७ बल खेल्दै ३ चौका र २ छक्का सहित अविजित ४३ रनको पारी खेले। कप्तान धोनीले ११ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित २६ रन बनाए।
बलिङमस रवि विष्नोईले २ विकेट लिंदस दिगवेश राथी, अभेश खान र एडक मार्कक्रमले १/१ विकेट झारे।
त्यसअघि अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा चेन्नईले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले
लखनउका ओपनर एइडन मार्कक्रम ६ रनमा र निकोलस पुरन ८ रनमा आउट भए। २ विकेट गुमाउँदा लखनउले २३ रन बनाएको थियो। यसपछि तेस्रो विकेटको रुपमा मिचेल मार्स ३० रनमा पबिलियन फर्किए। कुनै पनी समय ठुलो साझेदारी बन्न सकेन।
कप्तसन ऋषभ पन्तले सर्वाधिक ६३ रन बनाए। ४९ बल खेल्दै उनले ४ चौका र ४ छक्का प्रहार गरे। आयुष बाडोनीले २२ र अब्दुल समादले २० रन जोडे।
बलिङमा रविन्द्र जडेजा र नुर अहमदले २/२ विकेट लिए।
लगातार पाँच हारपछि पहिलो जित निकालेको चेन्नईले ४ अंक बनाएको छ। चेन्नई लिगको पुछारमा छ। सात खेलबाट ८ अंक सहित लखनउ चौथो स्थानमा रहेको छ। लखनउको यो तेस्रो हार हो।
Published Date: 15 April 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news