शिक्षक महासंघद्वारा पराजुलीको नेतृत्वमा वार्ता टोली गठन

शिक्षक महासंघद्वारा पराजुलीको नेतृत्वमा वार्ता टोली गठन : Icon Khabar

काठमाडौं, चैत २७ । नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली गठन गरेको छ । सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासंघले वार्ता टोली बनाएको हो ।

‘शिक्षा सचिवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर पत्र पठाउनु भएको थियो । हामीले जाने निर्णय गरेका छौं,’ पराजुलीले भनिन् । वार्ता भोलि बिहीबारको लागि तय भए पनि समय भने शिक्षा सचिवसँग छलफल गरेर तय गरिने उनले जानकारी दिइन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका छन् ।

वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै सरकारले महासंघलाई यसअघ तीन पटक वार्तामा बोलाएको थियो । तर, वार्ताका लागि महासंघले ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म वार्तामा नजाने शर्त राख्दै आएको थियो ।

अहिलेको अवस्थामा संसद्को बर्खे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेशमध्ये एउटा विकल्पबाट ऐन जारी गर्ने सुनिश्चित भए मात्र वार्तामा बस्ने जवाफ महासंघले सरकारलाई पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
Published Date: 09 April 2025
Website | + posts










ताजा
अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई राजदूतद्वारा बिदाई
स्पेन प्रकरण: असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न सीआईबीले बनायो समिति
चीनको अर्थतन्त्र अपेक्षाभन्दा धेरैले बढ्यो
पहिरोले बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला