शिक्षक महासंघद्वारा पराजुलीको नेतृत्वमा वार्ता टोली गठन

शिक्षक महासंघद्वारा पराजुलीको नेतृत्वमा वार्ता टोली गठन : Icon Khabar

काठमाडौं, चैत २७ । नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली गठन गरेको छ । सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासंघले वार्ता टोली बनाएको हो ।

‘शिक्षा सचिवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर पत्र पठाउनु भएको थियो । हामीले जाने निर्णय गरेका छौं,’ पराजुलीले भनिन् । वार्ता भोलि बिहीबारको लागि तय भए पनि समय भने शिक्षा सचिवसँग छलफल गरेर तय गरिने उनले जानकारी दिइन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका छन् ।

वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै सरकारले महासंघलाई यसअघ तीन पटक वार्तामा बोलाएको थियो । तर, वार्ताका लागि महासंघले ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म वार्तामा नजाने शर्त राख्दै आएको थियो ।

अहिलेको अवस्थामा संसद्को बर्खे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेशमध्ये एउटा विकल्पबाट ऐन जारी गर्ने सुनिश्चित भए मात्र वार्तामा बस्ने जवाफ महासंघले सरकारलाई पठाएको थियो ।

Published Date: 09 April 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली