विराट गोल्डकपको पुरस्कार राशी बृद्धि गरिने

विराट गोल्डकपको पुरस्कार राशी बृद्धि गरिने : Icon Khabar

विराटनगर, फागुन १ । मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपको पुरस्कार राशी बृद्धि गर्ने तयारी गरिएको छ ।

गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उप विजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो । तर यस सिजनको बिजेताले पाउने पुरस्कारको राशी बृद्धि गर्ने तयारी गरिएको विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए ।

उनले भने ‘विराट गोल्डकपलाई अझ स्तरीय बनाउने तयारीका साथ पुरस्कारको राशी पनि बढाउने सोँच बनाएका छौं ।’ यस पटक कम्तिमा विगतको तुलनामा ४–५ लाख पुरस्कार राशी बृद्धि हुन्छ । यसैगरी उप विजेता हुने टिमले पनि कम्तिमा ३ लाख बढी पुरस्कार पाउने छ ।

पुरस्कार राशीबारे चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि कोइरालाले बताए । यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ । यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

विराट गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म विराटनगरको शहीद रंगशालामा हुँदै छ । खेलहरु रातिको समयमा फलर्ड लाइटमा सञ्चालन हुने छन् । ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुने छ ।

Published Date: 13 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?