मंगलबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्यो

मंगलबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, चैत २६ । चैत २२ गतेबाट घट्न थालको सुनको ओरालो यात्रा आजपनि कायम रहेको छ । मंगलबार घरेलु बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँ कायम थियो । सो दिन सुनको भाउ ७ सय रुपैयाँले घटेको थियो ।

गत चैत २१ गते सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुग्दै हालसम्मकै उच्च कायम भएको थियो । त्यसयता सुनको मूल्य निरन्तर घटिरहेको छ । आजको गिरावटसँगै सुनको मूल्य अल टाइम हाईको उचाईबाट ६ हजार ९ सय रुपैयाँले घटिसकेको छ । यससँगै सुनको मूल्य लगातार ४ दिन घटेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 08 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु