मंगलबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्यो

मंगलबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, चैत २६ । चैत २२ गतेबाट घट्न थालको सुनको ओरालो यात्रा आजपनि कायम रहेको छ । मंगलबार घरेलु बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँ कायम थियो । सो दिन सुनको भाउ ७ सय रुपैयाँले घटेको थियो ।

गत चैत २१ गते सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुग्दै हालसम्मकै उच्च कायम भएको थियो । त्यसयता सुनको मूल्य निरन्तर घटिरहेको छ । आजको गिरावटसँगै सुनको मूल्य अल टाइम हाईको उचाईबाट ६ हजार ९ सय रुपैयाँले घटिसकेको छ । यससँगै सुनको मूल्य लगातार ४ दिन घटेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 April 2025
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित