अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले वृद्धि

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले वृद्धि : Icon Khabar

काठमाडौँ, चैत २६ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

अमेरिकी ट्यारिफका कारण विश्व आर्थिक मन्दी आउने आँकलनका साथ विगत केही दिनदेखि निरन्तर खस्किरहेको कच्चा तेलको मूल्यमा आज भने सुधार आएको हो ।
आज डब्लूटीआई क्रुडको मूल्य १.५८ प्रतिशतले बढ्दै प्रतिब्यारेल ६१.६६ डलर कायम भएको छ ।

यस्तै ब्रेन्ट क्रुडको मूल्यपनि १.४८ प्रतिशतले वृद्धि हुँदै प्रतिब्यारेल ६५.१६ डलर पुगेको छ । सोमबार कच्चा तेलको मूल्य २ प्रतिशतले घटेको थियो ।

Published Date: 08 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु