तीनकुने घटना: थप ६ जना पक्राउ

तीनकुने घटना: थप ६ जना पक्राउ : Icon Khabar

काठमाडौं, चैत २६ । तीनकुनेमा भएको राजावादी प्रर्दशनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीलले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ छन् ।

उनीहरु आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ती दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपिल राज बोहराले बताए ।

योसँगै राजावादी आन्दोलनका उत्रिएकाहरुको पक्राउ पर्ने संख्या ७३ पुगेको छ । यसअघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवलशम्शेर राणालगायत ६७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

Published Date: 08 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु