सार्वजनिक बिदा मनमानी ढंगले दिन नपाउने गरी कानून बनाउन सरकारलाई दबाब दिन गगन थापाको आग्रह

सार्वजनिक बिदा मनमानी ढंगले दिन नपाउने गरी कानून बनाउन सरकारलाई दबाब दिन गगन थापाको आग्रह : Icon Khabar

काठमाडौं, फागुन १ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक बिदा मनमानी दिन नपाउने गरी कानून बनाउन सरकारलाई दबाब दिनुपर्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै थापाले मनमानी ढंगले बिदा दिन नपाउने गरी कानून बनाउन सरकारलाई दबाब दिनुपर्ने बताए ।

उनले लेखेका छन्, ‘सार्वजनिक बिदा तोक्न कानून बनाउन सरकारलाई दबाब बढाऔं र कुनै पनि तहको सरकारलाई मनमानी ढंगले बिदा दिन नदिन सांसदहरूले नै नेतृत्व लिनुपर्छ । त्यसका लागि नेपाली कांग्रेसले पहल गर्नेछ । उनले कानून कार्यान्वयन नभए मनमानी बढ्ने निश्चित रहेको बताए ।

माओवादीले ‘जनयुद्ध दिवस’ लाई सार्वजनिक बिदा दिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको आलोचना गरेको छ।

 

Published Date: 13 February 2023
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय