ट्रम्प प्रशासनले नेपालबाट हुने आयातमा पनि आधारभूत १० प्रतिशत शुल्क लगाउने

ट्रम्प प्रशासनले नेपालबाट हुने आयातमा पनि आधारभूत १० प्रतिशत शुल्क लगाउने : Icon Khabar

काठमाडौं, चैत २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो नयाँ व्यापार नीति अन्तर्गत युरोपेली संघका सदस्यहरु सहित विश्वका १८० भन्दा बढी देश र क्षेत्रहरुले सामना गर्नुपर्ने अमेरिकी पारस्परिक भन्सार दरहरुको सूची सार्वजनिक गरेका छन् । उक्त सूचीमा नेपाल पनि परेको छ । ट्रम्पको योजना अनुसार सबै देशलाई १० प्रतिशत आधारभूत शुल्क लगाइनेछ ।

तर कतिपय देशहरुले उल्लेखनीयरुपमा उच्च दरहरुको सामना गर्ने देखिन्छ । यसआधारमा ट्रम्प प्रशासनले नेपालबाट हुने आयातमा पनि आधारभूत १० प्रतिशत शुल्क लगाउने भएको छ । ट्रम्पको दाबी अनुसार नेपालले पनि अमेरिकालाई सोही अनुपातमा शुल्क लगाउँदै आएको छ ।

नयाँ दरहरु ट्रम्प प्रशासनले प्रत्येक देशले अमेरिकालाई लगाएको दाबी गरेको शुल्कको करिब आधा भएको सीएनबीसीले लेखेको छ । यद्दपि, यी देशहरुले सामना गर्नुपर्ने पारस्परिक दरहरु मात्र अमेरिकी भन्सार दर भने होइनन् । ह्वाइट हाउसले चीनमाथिको नयाँ पारस्परिक दर हालको २० प्रतिशत करमा थपिने बताएको छ । जसको अर्थ ट्रम्पको यस कार्यकालमा बेइजिङमाथिको वास्तविक शुल्क ५४ प्रतिशत हुन्छ ।

यता, नेपाललाई पनि १० प्रतिशत आधारभूत शुल्क लाग्ने भएपछि अमेरिकामा नेपालबाट आयात हुने वस्तुहरुको भाउ महँगो बन्नेछ । नेपालले अमेरिकासँग पनि व्यापार घाटा व्यहोरिरहेको छ । भन्सार विभागको फागुन मसान्तसम्मको तथ्यांक अनुसार अमेरिकाबाट १७ अर्ब ३५ करोड १६ लाख ८० हजार रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट ११ अर्ब ३७ करोड ८१ लाख २ हजार रुपैयाँको निर्यात भएको छ । यसआधारमा, नेपालको अमेरिकासँगको व्यापार घाटा ५ अर्ब ९७ करोड ३५ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

https://www.nepalipaisa.com/news-detail/80383

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2025
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू