ट्रम्प प्रशासनले नेपालबाट हुने आयातमा पनि आधारभूत १० प्रतिशत शुल्क लगाउने

ट्रम्प प्रशासनले नेपालबाट हुने आयातमा पनि आधारभूत १० प्रतिशत शुल्क लगाउने : Icon Khabar

काठमाडौं, चैत २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो नयाँ व्यापार नीति अन्तर्गत युरोपेली संघका सदस्यहरु सहित विश्वका १८० भन्दा बढी देश र क्षेत्रहरुले सामना गर्नुपर्ने अमेरिकी पारस्परिक भन्सार दरहरुको सूची सार्वजनिक गरेका छन् । उक्त सूचीमा नेपाल पनि परेको छ । ट्रम्पको योजना अनुसार सबै देशलाई १० प्रतिशत आधारभूत शुल्क लगाइनेछ ।

तर कतिपय देशहरुले उल्लेखनीयरुपमा उच्च दरहरुको सामना गर्ने देखिन्छ । यसआधारमा ट्रम्प प्रशासनले नेपालबाट हुने आयातमा पनि आधारभूत १० प्रतिशत शुल्क लगाउने भएको छ । ट्रम्पको दाबी अनुसार नेपालले पनि अमेरिकालाई सोही अनुपातमा शुल्क लगाउँदै आएको छ ।

नयाँ दरहरु ट्रम्प प्रशासनले प्रत्येक देशले अमेरिकालाई लगाएको दाबी गरेको शुल्कको करिब आधा भएको सीएनबीसीले लेखेको छ । यद्दपि, यी देशहरुले सामना गर्नुपर्ने पारस्परिक दरहरु मात्र अमेरिकी भन्सार दर भने होइनन् । ह्वाइट हाउसले चीनमाथिको नयाँ पारस्परिक दर हालको २० प्रतिशत करमा थपिने बताएको छ । जसको अर्थ ट्रम्पको यस कार्यकालमा बेइजिङमाथिको वास्तविक शुल्क ५४ प्रतिशत हुन्छ ।

यता, नेपाललाई पनि १० प्रतिशत आधारभूत शुल्क लाग्ने भएपछि अमेरिकामा नेपालबाट आयात हुने वस्तुहरुको भाउ महँगो बन्नेछ । नेपालले अमेरिकासँग पनि व्यापार घाटा व्यहोरिरहेको छ । भन्सार विभागको फागुन मसान्तसम्मको तथ्यांक अनुसार अमेरिकाबाट १७ अर्ब ३५ करोड १६ लाख ८० हजार रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट ११ अर्ब ३७ करोड ८१ लाख २ हजार रुपैयाँको निर्यात भएको छ । यसआधारमा, नेपालको अमेरिकासँगको व्यापार घाटा ५ अर्ब ९७ करोड ३५ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

https://www.nepalipaisa.com/news-detail/80383

Published Date: 03 April 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै