अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नयाँ भन्सार महसुलहरू घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नयाँ भन्सार महसुलहरू घोषणा : Icon Khabar

काठमाडौं, चैत २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुलहरू घोषणा गरेका छन् । ‘मुक्ति दिवस’ नाम दिंदै ट्रम्पले घोषणा गरेका नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने भन्दै विश्वव्यापी बहस सुरु भएको छ ।

ट्रम्पले बुधबार भारतमाथि २६ प्रतिशत ‘जस्तालाई तस्तै भन्सार महसुल’ (रेसिप्रोकल भन्सार महसुल) लगाउने घोषणा गरे।

अमेरिकाले चीनमाथि ३४ प्रतिशत, युरोपियन युनियनमाथि २० प्रतिशत, दक्षिण कोरियामाथि २५ प्रतिशत, जापानमाथि २४ प्रतिशत, भियतनाममाथि ४६ प्रतिशत र ताइवानमाथि ३२ प्रतिशत भन्सार महसुल लगाएको छ । नेपालका लागि नयाँ भन्सार दर १० प्रतिशत लगाइएको छ ।

अमेरिकाले करिब ६० देशमाथि उनीहरूले अमेरिकी उत्पादनहरूमाथि लगाएको भन्सार महसुलको आधा दर बराबर भन्सार महसुल लगाउनेछ।

ट्रम्पका अनुसार अमेरिकामा आयात हुने सबै सामानमाथि १० प्रतिशत आधारभूत भन्सार महसुल लागू हुनेछ। ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, आधारभूत भन्सार शुल्क अप्रिल ५ को राति १२:०१ बजेबाट लागू हुनेछ, जबकि ‘जस्तालाई तस्तै भन्सार महसुल’ अप्रिल ९ को राति १२:०१ बजेबाट लागू हुनेछ।

ट्रम्पले भारतमाथि लगाएको करबारे प्रतिक्रिया दिंदै भने, ‘भारत अत्यधिक कठोर छ। मोदी मेरा राम्रा साथी हुन्, तर उनले अमेरिकासँग सही व्यवहार गरिरहेका छैनन्।’

ट्रम्पका अनुसार भारतले अमेरिकामाथि ५२ प्रतिशतसम्म भन्सार महसुल लगाउँछ, त्यसैले अमेरिका भारतमाथि २६ प्रतिशत भन्सार महसुल लगाउनेछ।

उनले भने, ‘मैले पूर्ण रूपमा समान भन्सार महसुल लगाउन सक्थेँ, तर धेरै देशहरूका लागि यो कठिन हुन सक्छ, त्यसैले हामी यस्तो गर्न चाहँदैनौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2025
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घट्यो
नेपाल एयरलाइन्सको अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा
राष्ट्र बैंकले चाँदीको सिक्का बेच्दै,एक जनाले एउटा मात्रै किन्न पाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित