पञ्जाबले टस जित्यो

पञ्जाबले टस जित्यो : Icon Khabar

काठमाडौं, चैत १९ । इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ ।

लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ ।

यस्तै, लखनउ भने आफ्नो तेस्रो खेल खेल्दैछ । दिल्ली क्यापिटल्ससँगको पहिलो खेल गुमाएको लखनउले दोस्रोमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।

लखनउ र पञ्जाबबीच हालसम्म ४ खेल भएको छ । ३ खेल लखनउले र १ खेल पञ्जाबले जितेको छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 April 2025
Website | + posts