यूएईको विभिन्न जेलमा रहेका १६६ जना नेपालीलाई आममाफी

यूएईको विभिन्न जेलमा रहेका १६६ जना नेपालीलाई आममाफी : Icon Khabar

काठमाडौं, चैत १९ । संयुक्त अरब इमिरेट्स (यूएई) ले त्यहाँका विभिन्न जेलमा रहेका १६६ जना नेपालीलाई आममाफी दिएको छ ।

आबुधावीस्थित नेपाली दूतावासले नेपाल सरकारको आग्रहमा १६६ जना नेपाली कैदीहरूलाई यूएई सरकारले आममाफी दिएको जानकारी गराएको हो । आममाफी मुस्लिम धर्मावलम्बीको पवित्र पर्व रमजान महिना तथा ईद पर्वको अवसरमा दिइएको दूतावासले उल्लेख गरेको छ ।

यसैगरी परराष्ट्र मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको माफीलाई नेपाल–यूएई द्विपक्षीय सम्बन्धको सौहार्दताको प्रतीकका रूपमा लिएको उल्लेख गरेको छ ।

अबुधाबीस्थित नेपाली दूतावासमार्फत सरकारले आममाफीका लागि यूएई सरकारलाई आग्रह गरेको थियो ।

Published Date: 01 April 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर