बाकी क्याम्पसहरुमा बुधबारभित्र स्ववियु निर्वाचन हुने पर्ने

बाकी क्याम्पसहरुमा बुधबारभित्र स्ववियु निर्वाचन हुने पर्ने : Icon Khabar

काठमाडौँ, चैत १९ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का १८ वटा आङ्गिक क्याम्पसमा बुधबारभित्र निर्वाचन गर्न नसके दुई वर्षका लागि स्वतन्त्र विद्यार्थी युनियन खारेज हुने भएको छ ।

चैत २० गतेभित्र निर्वाचन गर्न नसकेमा यी क्याम्पसमा अर्को पटक अर्थात् दुई वर्षपछि मात्रै निर्वाचन हुने छ । किनकि त्रिविको स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०८१ ले पहिलो पटक तोकिएको मितिमा निर्वाचन हुन नसकेको १५ दिनभित्रमा निर्वाचन सम्पन्न गर्नैपर्ने व्यवस्था गरेको छ । त्रिविले पहिलो पटक चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको थियो । नयाँ व्यवस्था अनुसार अब बाँकी रहेका क्याम्पसमा चैत २० गतेभित्रमा निर्वाचन गर्नै पर्छ । यसअघि पहिलो पटक तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन नसकेमा ३० दिनभित्र गर्न सकिने व्यवस्था थियो । पुरानो उक्त व्यवस्थालाई संशोधन गरेर २०८१ को निर्देशिकाले नयाँ व्यवस्था गरेको हो ।

चवालिस वटा आङ्गिक क्याम्पसमा निर्वाचन सम्पन्न भइसकेको छ । आङ्गिकमध्येकै चर्चित क्याम्पसमा पर्ने रत्नराज्यलक्ष्मी, त्रि–चन्द्र, नेपाल ल, विश्वभाषा, सरस्वती, पाटन संयुक्तसहित १९ क्याम्पसमा स्ववियुको निर्वाचन हुन सकेको छैन । विद्यार्थी सङ्गठनकै विवादका कारण यी क्याम्पसमा निर्वाचन हुन नसकेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक प्राडा पशुपति अधिकारीका अनुसार तोकिएकै मितिमा निर्वाचन गराउन सम्बन्धित क्याम्पसलाई निर्देशन दिइसकिएको छ ।

Published Date: 01 April 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर