कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले जबाफ नदिएसम्म सदन चल्न दिनौं: अध्यक्ष दाहाल

कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले जबाफ नदिएसम्म सदन चल्न दिनौं: अध्यक्ष दाहाल : Icon Khabar

काठमाडौँ, चैत १३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जाने बताएका छन्।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले कार्यकारी निर्देशक घिसिङ हटाउने विषयमा जालझेल, षड्यन्त्र भएको टिप्पणी गरे।

उनले सरकारको यो कदमलाई स्वेच्छाचारीको संज्ञा पनि दिए। प्रधानमन्त्रीले जबाफ नदिएसम्म उनीहरूले सदन चल्न नदिने बताएका छन्।

प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरूको अवरोधका कारण बुधबार प्रतिनिधि सभा बैठक चल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2025
Website | + posts