साईप्रसका ७ वटा विश्वविद्यालयका लागि मात्रै एनओसी जारी

साईप्रसका ७ वटा विश्वविद्यालयका लागि मात्रै एनओसी जारी : Icon Khabar

काठमाडौँ, चैत १३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साईप्रसका ७ वटा विश्वविद्यालयका लागि मात्रै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको छ । वैदेशिक अध्ययन गर्न साईप्रस जाने नेपालीहरूका लागि साईप्रसका सात वटा विश्वविद्यालयका लागि एनओसी जारी गर्ने प्रस्ट पारेको हो ।

इजरायलस्थित नेपाली राजदूतावासले साईप्रसका विश्वविद्यालयहरूको अनुगमन गरेको थियो । सोही आधारमा प्रतिवेदन तयार पारेर सात वटा विश्वविद्यालयका लागि मात्रै एनओसी जारी गर्नु उपयुक्त रहेको जनाएको थियो ।

साईप्रसमा रहेका अन्य कुनै पनि कलेजहरूमा शैक्षिक स्तर मापदण्ड र शैक्षिक वातावरणका हिसाबले विद्यार्थीका लागि उपयुक्त नरहेको भनी परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई जानकारी गराएको थियो ।

सोही आधारमा शिक्षा मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै सात वटा विश्वविद्यालयमा मात्र एनओसी जारी गर्ने जनाएको हो । ती बाहेक अन्य कुनै पनि कलेजहरूमा एनओसी जारी नगर्ने मन्त्रालयले प्रस्ट पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2025
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भागमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
आज मंगलबारको राशिफल
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल