साईप्रसका ७ वटा विश्वविद्यालयका लागि मात्रै एनओसी जारी

साईप्रसका ७ वटा विश्वविद्यालयका लागि मात्रै एनओसी जारी : Icon Khabar

काठमाडौँ, चैत १३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साईप्रसका ७ वटा विश्वविद्यालयका लागि मात्रै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको छ । वैदेशिक अध्ययन गर्न साईप्रस जाने नेपालीहरूका लागि साईप्रसका सात वटा विश्वविद्यालयका लागि एनओसी जारी गर्ने प्रस्ट पारेको हो ।

इजरायलस्थित नेपाली राजदूतावासले साईप्रसका विश्वविद्यालयहरूको अनुगमन गरेको थियो । सोही आधारमा प्रतिवेदन तयार पारेर सात वटा विश्वविद्यालयका लागि मात्रै एनओसी जारी गर्नु उपयुक्त रहेको जनाएको थियो ।

साईप्रसमा रहेका अन्य कुनै पनि कलेजहरूमा शैक्षिक स्तर मापदण्ड र शैक्षिक वातावरणका हिसाबले विद्यार्थीका लागि उपयुक्त नरहेको भनी परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई जानकारी गराएको थियो ।

सोही आधारमा शिक्षा मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै सात वटा विश्वविद्यालयमा मात्र एनओसी जारी गर्ने जनाएको हो । ती बाहेक अन्य कुनै पनि कलेजहरूमा एनओसी जारी नगर्ने मन्त्रालयले प्रस्ट पारेको हो ।

Published Date: 26 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर