भक्तपुरको क्षयरोग नियन्त्रणमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुरको क्षयरोग नियन्त्रणमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत ११ । भक्तपुर नगरपालिकाको आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा आज स्वास्थ्य स्वयम्सेविका, वडा नर्स र अन्य स्वास्थ्य केन्द्रका सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको क्षयरोग नियन्त्रणमा स्वास्थ्य स्वयम्सेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै समाजमा पूर्ण रुपमा क्षयरोग निर्मुल नभएसम्म यस रोगको जोखिम रहीरहने बताए।

क्षयरोग नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रमहरु निरन्तर गरिरहनुपर्नेमा जोड दिँदै उनले शरीर रोगी भए पछि जति नै धन सम्पत्ति भए पनि त्यसको कुनै अर्थ नहुने धारणा ब्यक्त गरे।

नेपालमा ६८ हजार क्षयरोगीमध्ये ४० प्रतिशत स्वास्थ्य उपचारको सम्पर्कमा नआएको तथ्यांकले नेपाल क्षयरोगबाट असुरक्षित भएको पनि बताए।

कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ल र ख्वप अस्पतालका डा. रत्न सुन्दर लासिवाले कुनै बेला खतरनाक मानिने क्षयरोग अहिले भने त्यति भयावह नभएको र नियमित स्वास्थ्य उपचारले यो रोगको उपचार सम्भव भएको बताउँदै बद्लिँदो जीवनशैली र गलत खानपानका कारण नेपाली समाजमा क्षयरोग ठूलो चुनौतीको रुपमा देखा परेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2025
Website | + posts