मनकामना केबलकार चैत १४ गते बिहिबार बन्द

मनकामना केबलकार चैत १४ गते बिहिबार बन्द : Icon Khabar

काठमाडौँ, चैत ११ । मनकामना केबलकार चैत १४ गते बिहिबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सोमबार एक सुचना जारी गर्दै चैत १४ गते बिहिबार मनकामना केबुलकार मर्मत सम्भारका लागि सेवा बन्द हुने जानकारि गराएको हो ।

मनकामनना केबुलकारको नियमित टावरको मर्मत सम्भार गर्नुपर्ने भएकाले १ दिनको लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जल सेरचानले जनाकारी दिए । उनका अनुसार वटम स्टेशनस्थित रेस्टुरेन्ट सेवा भने यथावत रुपमा सञ्चालन हुने उनले बताए । २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनार्थीलाई सहजता होस् भन्ने उद्धेश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो ।

२६ वर्षअघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरन्नति गर्ने कार्य सम्पन्न भएपछि पुन एक पटक त्यसको मर्मत कार्य गर्नुपर्ने भएकाले १ दिन बन्द गरिएको मनकामना केबलकार प्रालिले जनाएको छ ।

१ दिन केबुलकार बन्दले दर्शनर्थीलाई परेको असुविधा प्रति मनकामना केबुलकारले क्षमायाचन गर्दै चैत १५ गते शुक्रबार पुन सञ्चालनमा ल्याइने मनकामना दर्शन प्रालिका प्रबन्धक सेरचनको जानकारि दिए।

Published Date: 24 March 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै