काठमाडौँ, चैत ११ । मनकामना केबलकार चैत १४ गते बिहिबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सोमबार एक सुचना जारी गर्दै चैत १४ गते बिहिबार मनकामना केबुलकार मर्मत सम्भारका लागि सेवा बन्द हुने जानकारि गराएको हो ।
मनकामनना केबुलकारको नियमित टावरको मर्मत सम्भार गर्नुपर्ने भएकाले १ दिनको लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जल सेरचानले जनाकारी दिए । उनका अनुसार वटम स्टेशनस्थित रेस्टुरेन्ट सेवा भने यथावत रुपमा सञ्चालन हुने उनले बताए । २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनार्थीलाई सहजता होस् भन्ने उद्धेश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो ।
२६ वर्षअघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरन्नति गर्ने कार्य सम्पन्न भएपछि पुन एक पटक त्यसको मर्मत कार्य गर्नुपर्ने भएकाले १ दिन बन्द गरिएको मनकामना केबलकार प्रालिले जनाएको छ ।
१ दिन केबुलकार बन्दले दर्शनर्थीलाई परेको असुविधा प्रति मनकामना केबुलकारले क्षमायाचन गर्दै चैत १५ गते शुक्रबार पुन सञ्चालनमा ल्याइने मनकामना दर्शन प्रालिका प्रबन्धक सेरचनको जानकारि दिए।
Published Date: 24 March 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1