मध्यपुर थिमि नगदेशस्थित सिद्धि गणेश मन्दिरका द्योपालाहरुलाई पोशाक वितरण

मध्यपुर थिमि नगदेशस्थित सिद्धि गणेश मन्दिरका द्योपालाहरुलाई पोशाक वितरण : Icon Khabar

मध्यपुर थिमि, चैत १० । भक्तपुरको मध्यपुर थिमि नगदेशस्थित सिद्धि गणेश मन्दिरका द्योपाला (देवताका पाले)हरुलाई शनिबार एक कार्यक्रमबीच पोशाक वितरण गरिएको छ ।

सिद्धि गणेश द्योछें विकास समितिले एक दर्जन वढी द्योपालाहरुलाई पोशाक वितरण गरिएको हो । विस्का: जात्राको क्रममा द्योपालाहरु सवैजना एउटै पोशाकमा होस् भन्ने मनसायले पोशाक वितरण गरिएको समितिका सचिव विजयशंकर प्रधानांगले जनाए ।

उनका अनुसार विस्का जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन (यो वर्ष चैत्र ३१ गते), वैशाख १ गते र वैशाख २ गते यहाँं जात्रा हुन्छ । वैशाख १ गते सथासिया जात्रा (विहानको जात्रा) र २ गते बहिनीसिया जात्रा (साँंझ) को जात्रा हुने गर्दछ ।

Published Date: 23 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग