आइतबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घट्यो

आइतबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, चैत १० । आइतबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १९ सय ८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १९ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 March 2025
Website | + posts


ताजा
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)