किकम्पा मन्टेश्वरीमा शैक्षिक प्रदर्शनी -२०८१ तथा स्काउट प्याक होलिडे हुने

किकम्पा मन्टेश्वरीमा शैक्षिक प्रदर्शनी -२०८१ तथा स्काउट प्याक होलिडे हुने : Icon Khabar

भक्तपुर, फागुन २५ । किकम्पा मन्टेश्वरी प्रि स्कूलमा आगामी चैत २ गते शनिबारका दिन शैक्षिक प्रदर्शनी -२०८१ तथा स्काउट प्याक होलिडे हुने भएको छ।

उक्त कार्यक्रममा विभिन्न प्रकारका परम्परागत तथा आधुनिक बाजागाजा, सांस्कृतिक भेषभुषा, हस्तकला, चित्रकला, घरेलू उत्पादन विभिन्न आकर्षक खेलकुदहरु र स्कूलका बालबालिकाले बनाएका शैक्षिक प्रदर्शनी हुने भएको हो।

सो कार्यक्रममा सहभागी हुन स्कूलका प्रिन्सिपल राजेश लाखाले सम्पूर्ण विद्यार्थी, अभिभावक लगायत शुभचिन्तकहरुलाई आह्वान पनि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 March 2025
Website | + posts