दुवाकोट बेसीमा रहेको जागृति विद्या सदनको अभिभावक दिवस सम्पन्न

दुवाकोट बेसीमा रहेको जागृति विद्या सदनको अभिभावक दिवस सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २५ । चाँगुनारायण नगरपालिका वडा १, दुवाकोट बेसीमा रहेको जागृति विद्या सदन स्कुलले अभिभावक दिवस तथा पुरस्कार विकरण कार्यक्रम प्रमुख अतिथि बागमति प्रदेश सांसद सुरेश श्रेष्ठको आतिथ्यमा सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन अध्यक्ष अनिल पोखरेलको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले जागृति विद्या सदन यस ठाउँ चानपा १ मा संचालन भएकोमा खुशि व्यक्त गर्दै विद्यालयको प्रसंशा गरेका थिए। उनले विद्यालयलाई आफ्नो सदैव साथ र सहयोग रहने बताउँदै शिक्षक सम्मान र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए।

जागृति विद्या सदन स्कुलका प्रिन्सिपल एकं संचालक जगदिश पौड्यालले विद्यालयको प्रगति प्रतिवेदन र भावी योजना राख्दै स्कुलले २०८२ मा कक्षा १० को एसईई परीक्षामा पहिलो पटक विद्यार्थी सम्मिलित हुने र अभिभावकहरुले अब एसईई सम्म जागृति स्कुलमा नै पढाउन सकिने कुरा बताए। साथै प्रिन्सिपल पौड्यालले अभिभावकहरुको यसरी नै साथ पाएमा विद्यालयलाई शैक्षिक एवं अन्य पक्षहरुमा अझ स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति, नाटक, खेल लगाएत विविध प्रतिभा प्रस्तुत गरिएको उक्त अभिभवाक दिवस कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरको अध्यक्ष संजय खड्काले अभिभावकहरुले विद्यालयलाई असाध्यै माया र साथ दिनु भएकोमा आभार व्यक्त गर्दै चागुनाराण १ बाट गुणस्तरीय शिक्षाको लागि बजार वा टाढा जानु पर्ने बाध्यताको अन्त्य भएको भन्दै सबै अभिभावकहरुलाई यसै स्कुलमा बच्चाहरु पढाउन प्रेरित गरेका थिए।

साथै कार्यक्रममा नेपाल पुस्तक व्यवसायी संध भक्तपुर उपाध्यक्ष महेश थापा, नेसनल प्याव्सन भक्तपुरका सहकोषाध्यक्ष रत्न बहादुर राई, सदस्य कमल सुवाल, नमस्ते ख्वप्प टिभीका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठ, विद्यालय संचालक कमल पौड्याल लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

Published Date: 09 March 2025
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी