सेकरिड् हार्ड एकेडेमीको २२औँ वार्षिकोत्सव सम्पन्न

सेकरिड् हार्ड एकेडेमीको २२औँ वार्षिकोत्सव सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २५ । भक्तपुर नगरपालिका वडा नं ४, सुर्यविनायक स्थित सेकरिड् हार्ट एकेडेमी स्कुलले आफ्नो स्थापनाको २२ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम-२०८१, भक्तपुर नगरपालिकाको उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्मान एवं विविध साँस्कृतिक प्रतिभा प्रस्तुत गरी भव्यताका साथ सम्पन्न गरेको छ ।

सेकरिड् हार्ट एकेडेमी स्कुलका संचालक/ प्रिन्सिपल श्रीराम सुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रिन्सिपल सुवालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी कार्ययोजना राखेका थिए। उनले विद्यार्थीहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउन विद्यालय लागि परेको जनाउँदै सुविधा सम्पन्न भौतिक पूर्वाधार तयार गरी स्मार्ट क्लासरुम सँगै प्रविधि र सीप जोड्ने कुरा बताए। साथै प्रिन्सिपल सुवालले यसका लागि विद्यालयले आफ्नै जग्गा पनि खरिद गरिसकेको जानकारी दिए।

विद्यालयको २२ औँ वार्षिकोत्सव, अभिभावक दिवस र सम्मान कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाको उपमेयर रजशी जोशीले विद्यालयको प्रसंशा गर्दै स्वदेशमा नै स्वरोजगार हुने जनशक्ति तयार गर्नु पर्नेमा जोड दिईन्। प्रमुख अतिथि जोशीले भक्तपुर नगरपालिकाले पनि शैक्षिक विकासमा विविध कार्य गर्दै आएको चर्चा गरेकी थिइन्। प्रमुख अतिथि जोशिले विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै शिक्षक सम्मान पनि गरेकी थिइन्।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालय र प्रिन्सिपलले गरेको कार्यको वर्णन गर्दै सम्पूर्ण अभिभावकहरु जसले सेकरिड् हार्ट एकेडेमीमा बच्चा पढाउनु भएको छ, उहाँहरु साह्रै भाग्यमानी भएको बताए। विविन्न खेल एवं अतिरिक्त विधामा सफल विद्यार्थीहरुलाई सम्मान गरिएको सो कार्यक्रममा एकल नृत्यको अन्तिम १४ जना प्रतियोगिले प्रतिस्पर्धा समेत गरेका थिए ! साथै विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मानित गरेको थियो !

उक्त कार्यक्रममा विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक प्रस्तुति एवं प्रतिभा प्रस्तुत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 March 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने