सेकरिड् हार्ड एकेडेमीको २२औँ वार्षिकोत्सव सम्पन्न

सेकरिड् हार्ड एकेडेमीको २२औँ वार्षिकोत्सव सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २५ । भक्तपुर नगरपालिका वडा नं ४, सुर्यविनायक स्थित सेकरिड् हार्ट एकेडेमी स्कुलले आफ्नो स्थापनाको २२ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम-२०८१, भक्तपुर नगरपालिकाको उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्मान एवं विविध साँस्कृतिक प्रतिभा प्रस्तुत गरी भव्यताका साथ सम्पन्न गरेको छ ।

सेकरिड् हार्ट एकेडेमी स्कुलका संचालक/ प्रिन्सिपल श्रीराम सुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रिन्सिपल सुवालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी कार्ययोजना राखेका थिए। उनले विद्यार्थीहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउन विद्यालय लागि परेको जनाउँदै सुविधा सम्पन्न भौतिक पूर्वाधार तयार गरी स्मार्ट क्लासरुम सँगै प्रविधि र सीप जोड्ने कुरा बताए। साथै प्रिन्सिपल सुवालले यसका लागि विद्यालयले आफ्नै जग्गा पनि खरिद गरिसकेको जानकारी दिए।

विद्यालयको २२ औँ वार्षिकोत्सव, अभिभावक दिवस र सम्मान कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाको उपमेयर रजशी जोशीले विद्यालयको प्रसंशा गर्दै स्वदेशमा नै स्वरोजगार हुने जनशक्ति तयार गर्नु पर्नेमा जोड दिईन्। प्रमुख अतिथि जोशीले भक्तपुर नगरपालिकाले पनि शैक्षिक विकासमा विविध कार्य गर्दै आएको चर्चा गरेकी थिइन्। प्रमुख अतिथि जोशिले विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै शिक्षक सम्मान पनि गरेकी थिइन्।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालय र प्रिन्सिपलले गरेको कार्यको वर्णन गर्दै सम्पूर्ण अभिभावकहरु जसले सेकरिड् हार्ट एकेडेमीमा बच्चा पढाउनु भएको छ, उहाँहरु साह्रै भाग्यमानी भएको बताए। विविन्न खेल एवं अतिरिक्त विधामा सफल विद्यार्थीहरुलाई सम्मान गरिएको सो कार्यक्रममा एकल नृत्यको अन्तिम १४ जना प्रतियोगिले प्रतिस्पर्धा समेत गरेका थिए ! साथै विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मानित गरेको थियो !

उक्त कार्यक्रममा विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक प्रस्तुति एवं प्रतिभा प्रस्तुत गरिएको थियो।

Published Date: 09 March 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली