सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु

सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, फागुन २५ । गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु भएको बताएको छ ।

फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा जम्मा २ हजार ७१८ जना बिरामी भर्ना भएका छन् । पानीबाट हुने रोग हैजाको लहर फेब्रुअरी १६ मा उम–दबाकिर पावर स्टेशनमा ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को प्रक्षेपणले लागेपछि ठूलो मात्रामा बिजुली आपूर्ति बन्द भएपछि उत्पन्न भएको थियो । गत मङ्गलवारसम्म सुडानी स्वास्थ्य मन्त्रालयले घोषणा गरेको जुलाई २०२४ देखि देशमा हैजाका घटनाहरूको सङ्ख्या ५७ हजार १३५ पुगेको छ ।

जसमा १ हजार ५०६ जनाको मृत्यु भएको छ । सुडानको ह्वाइट नाइल राज्यमा आरएसएफले आक्रमण गर्दै आएको छ । जसमध्ये सबैभन्दा उल्लेखनीय अल–गिटैना क्षेत्र वरपरका गाउँहरूमा गरिएको आक्रमण थियो । जसमा ४३३ नागरिकको मृत्यु भएको थियो । संयुक्त राष्ट्र सङ्घले उद्धृत गरेको सङ्कट अनुगमन समूह, सशस्त्र द्वन्द्व स्थान र घटना डेटाकाअनुसार अप्रिल २०२३ को मध्यदेखि सुडान सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वमा फसेको छ । जसले कम्तीमा २९ हजार ६८३ जनाको ज्यान लिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको अनुमानअनुसार द्वन्द्वले सुडान भित्र र बाहिर दुवै ठाउँमा १ करोड ५० लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ । – सिन्ह्वाको सहयोगमा

Published Date: 09 March 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न