पिएम कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा खेल

पिएम कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा खेल : Icon Khabar

काठमाडौँ, फागुन २५ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ।

फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदै छन्।

पीएम कपका खेलहरु सिद्धार्थ रंगशाला, भैरहवा, देउखुरी क्रिकेट स्टेडियम, दाङ र एक्स्ट्राटेक ओभल, तिलोत्तमामा हुने छन्।

आज पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश खेल्दै छन् भने एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब खेल्दैछन्। त्यस्तै देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम टिम खेल्दै छन्।

पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन्। अहिलेसम्म नेपाल पुलिस क्लबले तीन पटक जितेको छ भने एपीएफ र त्रिभुवन आर्मीले २-२ पटक यो उपाधि जितेका छन्। पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब हो।

Published Date: 09 March 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न