‘केपी ओली कप’ को फाइनल आज : आर्मी र मछिन्द्र भिड्दै

‘केपी ओली कप’ को फाइनल आज : आर्मी र मछिन्द्र भिड्दै : Icon Khabar

काठमाडौं, फागुन १९ ।  ‘केपी ओली कप’ को आज (सोमबार) फाइनल खेल हुँदैछ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् ।

मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

फाइनल खेलमा विशेष अतिथिको रुपमा इटालियन फुटबलका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन आइतबार नै काठमाडौँ आइपुगेका छन् । आजको फाइनलमा बुफोनको विशेष उपस्थिति हुने भएको छ । फाइनल खेलअघि दशरथ रंगशालामा सांगेतिक प्रस्तुति समेत हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ ।

Published Date: 03 March 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु