काठमाण्डौ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ प्रतिशत मात्र

काठमाण्डौ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ प्रतिशत मात्र : Icon Khabar

काठमाडौँ, फागुन १२ । राष्ट्रिय गौरवका आयोजना काठमाण्डौ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको छ । नेपाली सेनाले पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो ।

उक्त सम्मेलनमा करिब ७१ किमी दूरीको आयोजना अन्तर्गत सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रू’ भइसकेका र दुईवटा निर्माणाधीन रहेको समेत जनाइएको छ ।

अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य भइरहेको जनाइएको छ । तर आयोजनाको प्रस्थान विन्दु खोकनामा जग्गा प्राप्ति सम्बन्धी विवाद अझै टुङ्गि सकेको छैन । नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

यसैगरी सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब एक करोड रुपैयाँ पुगेको जानकारी दिइएको छ । कोषको स्थापना २०३२ सालमा गरिएको हो ।

Published Date: 24 February 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली