काठमाण्डौ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ प्रतिशत मात्र

काठमाण्डौ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ प्रतिशत मात्र : Icon Khabar

काठमाडौँ, फागुन १२ । राष्ट्रिय गौरवका आयोजना काठमाण्डौ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको छ । नेपाली सेनाले पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो ।

उक्त सम्मेलनमा करिब ७१ किमी दूरीको आयोजना अन्तर्गत सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रू’ भइसकेका र दुईवटा निर्माणाधीन रहेको समेत जनाइएको छ ।

अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य भइरहेको जनाइएको छ । तर आयोजनाको प्रस्थान विन्दु खोकनामा जग्गा प्राप्ति सम्बन्धी विवाद अझै टुङ्गि सकेको छैन । नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

यसैगरी सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब एक करोड रुपैयाँ पुगेको जानकारी दिइएको छ । कोषको स्थापना २०३२ सालमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 February 2025
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न