शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र हाइकिङ जाँदा अलपत्र परेका १० जनाको उद्धार

शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र हाइकिङ जाँदा अलपत्र परेका १० जनाको उद्धार : Icon Khabar

काठमाडौँ, फागुन १२ । काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र हाइकिङ जाँदा अलपत्र परेका १० जनाको उद्धार भएको छ। शनिबार हाइकिङ गएका १० जनाको उद्धार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

प्रहरीलाई अपराह्न ४ बजेतिर १० जना अलपत्र परेको भन्ने खबर आएको थियो। उक्त खबर पछि प्रहरी प्रभाग बुढानिलकण्ठको टोली खटिएको थियो। नेपाली सेनाको भवानी दल गण लिपिकोट शिवपुरी र जिल्ला वन कार्यालयबाट पनि टोली खटिएको थियो।

उक्त टोलीले राति सवा ८ बजेतिर ६ जनाको उद्धार गरेको थियो। बाँकी चार जनाको हकमा भने आइतबार राति १:४० बजेतिर उद्धार भएको एसपी बोहोराले बताए।

उनीहरूको उद्धार गरी परिवारको जिम्मा लगाएको छ। उनीहरू सबै जना सकुशल छन्। उद्धार गरिएका व्यक्तिहरू १६, १७ र १८ वर्ष समूहका किशोरहरू हुन्।

Published Date: 24 February 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली