शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र हाइकिङ जाँदा अलपत्र परेका १० जनाको उद्धार

शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र हाइकिङ जाँदा अलपत्र परेका १० जनाको उद्धार : Icon Khabar

काठमाडौँ, फागुन १२ । काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र हाइकिङ जाँदा अलपत्र परेका १० जनाको उद्धार भएको छ। शनिबार हाइकिङ गएका १० जनाको उद्धार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

प्रहरीलाई अपराह्न ४ बजेतिर १० जना अलपत्र परेको भन्ने खबर आएको थियो। उक्त खबर पछि प्रहरी प्रभाग बुढानिलकण्ठको टोली खटिएको थियो। नेपाली सेनाको भवानी दल गण लिपिकोट शिवपुरी र जिल्ला वन कार्यालयबाट पनि टोली खटिएको थियो।

उक्त टोलीले राति सवा ८ बजेतिर ६ जनाको उद्धार गरेको थियो। बाँकी चार जनाको हकमा भने आइतबार राति १:४० बजेतिर उद्धार भएको एसपी बोहोराले बताए।

उनीहरूको उद्धार गरी परिवारको जिम्मा लगाएको छ। उनीहरू सबै जना सकुशल छन्। उद्धार गरिएका व्यक्तिहरू १६, १७ र १८ वर्ष समूहका किशोरहरू हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 February 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न