गोर्खा इको प्यानलको सहयोगमा लेखकसँग अन्तरसंवाद सम्पन्न

गोर्खा इको प्यानलको सहयोगमा लेखकसँग अन्तरसंवाद सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन ११ । अध्ययन संस्कृतिलाई प्रबर्द्धन गर्न स्थापित बुक क्लब भक्तपुरको नियमित कार्यक्रम लेखकसँग अन्तरसंवाद गोर्खा इको प्यानलको सहयोगमा शुक्रबार सम्पन्न भयो।

शुक्रबार भक्तपुरको खौमा स्थित ख्वप छें रेष्टुरेन्टमा दिउँसो ३ बजे सुरू भएको सो कार्यक्रममा विगतमा भक्तपुर नगर कस्तो थियो ? भक्तपुरको विगत र वर्तामानबारे लेखक उल्फ ग्याङ्ग कर्नसंग अन्तरसंवाद भएको हो।

जर्मन नागरिक उल्फ ग्याङ्ग कर्न एक आर्किटेक्ट पनि हुन्। विगतका दिनहरुमा नेपाल भ्रमण गरी यहाँ भएका विभिन्न कला संस्कृति , पुरातात्विक सम्पदाहरुको बारेमा अध्ययन गरी सोको बारेमा आफ्नो पुस्तकमा समावेश गरेका थिए।

सो पुस्तकमा विगतमा भक्तपुर नगर कस्तो थियो भन्ने बारेपनि उल्लेख गरेका थिए। कार्यक्रममा सोहि बारे अन्तरक्रिया भएको थियो।

कार्यक्रममा उपस्थित सहभागीहरुले चाख लिदै लेखकसंग अन्तरक्रिया गरेको कुरा बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले आइकन खबरलाई जानकारी दिए।

Published Date: 23 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु