आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन १२ । आज २०८१ फागुन १२ गते सोमबार, तद्अनुसार २४ फेब्रुअरी २०२५ । आज फागुन कृष्ण एकादशी, सिद्धि बालव पूर्वाषाढा, विजया एकादशी व्रत, सूर्योदय बिहानः ०६ः३३ बजे, सूर्यास्त साँझः १८ः०१ बजे ।

आजको राशिफल

मेष: आज आम्दानीमा वृद्धि तथा उन्नति हुनेछ । लाभको अवसर हात पर्नेछ । यात्राको योजना बन्ने छ । बेरोजगारी हटाउने प्रयास सफल हुनेछ । आमाको स्वास्थ्यमा ध्यान दिनु होला ।

वृष: व्यापार-व्यवसाय राम्रो रहने छ । रचनात्मक कार्य सफल रहने छ । काममा मन लाग्ने छ । शेयर मार्केटबाट लाभ हुनेछ । स्वास्थ्‍यमा ध्यान दिनु होला । धन प्राप्ति सुगमतापूर्वक हुनेछ ।

मिथुन: आज लाभको योग छ । फाजूल खर्च हुनेछ । अनावश्यक कुरामा ध्यान नदिनु होला । आफ्नो काममा बढी ध्यान दिनु होला । स्वास्थ्य कमजोर रहने छ ।

कर्कट: आत्म-सम्मान कायम रहने छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । ठूलो काम गर्ने मन बन्ने छ । परिवारका सदस्यहरुको उन्नतिको समाचार पाइने छ । प्रसन्नता रहने छ ।

सिंह: व्यापारबाट सन्तुष्टि मिल्ने छ । सन्तानको चिन्ता रहने छ । साथीहरुको सहयोग अथवा मार्गदर्शन प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ । यात्राको योजना बन्ने छ । प्रसन्नता रहने छ ।

कन्या: व्यापार-व्यवसायबाट लाभ हुनेछ । सफलता प्राप्त हुनेछ । परिवारमा सुख-शान्ति कायम रहने छ । काममा लगन तथा उत्साह कायम रहने छ । प्रसन्नतापूर्वक समय बित्नेछ । यात्रा मनोरञ्जक तथा लाभप्रद रहने छ ।

तुला: साथीहरुको सहयोग पाइनेछ । स्वास्थ्य कमजोर रहने । बनिसकेको काममा वाधा आउन सक्छ । चिन्ता तथा तनाव रहने छ । जीवनसाथीसंग तालमेल मिलाउनु होला । अनावश्यक कुरामा ध्यान नदिनु होला । कुनै पनि कामका लागि हतार नगर्नु उचित हुनेछ ।

वृश्चिक: लाभको अवसर हात पर्नेछ । हतार गर्दा कुनै आवश्यक वस्तु हराउन सक्छ । प्रसन्नता कायम रहने छ । यात्रा मनोरञ्जक रहने छ ।

धनु: व्यवसायमा लाभको अवसर हात पर्नेछ । प्रसन्नताको वातावरण रहने छ । नयाँ योजना लागू गर्ने उत्तम समय हो । कार्य प्रणालीमा सुधार हुनेछ । सामाजिक कार्य सफल रहने छ । मान-सम्मान पाइने छ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

मकर: कुनै राजनीतिक सहयोग पाउन सकिने छ । लाभको ढोका खुल्ने छ । चोट अथवा दुर्घटनाबाट बच्नु होला । धन प्राप्ति हुनेछ । प्रबुद्ध व्यक्तिको सहयोग प्राप्त हुनेछ योग छ । तन्त्र-मन्त्रमा रुचि रहने छ ।

कुम्भ: आज घरमा मांगलिक कार्यका कारण ऐश्वर्यका साधननमा ठूलो खर्च हुनेछ । जोखिमपूर्ण कार्य नगर्नु होला । धनार्जन सम्भव छ । स्वास्थ्यमा ध्यान दिनु होला ।

मीन: परिवारका सदस्यलले अनुकूल व्यवहार गर्नेछन् । नयाँ मानिससंग सम्पर्क हुनेछ । आम्दानीमा वृद्धि तथा आरोग्य रहने छ । चिन्तामा कमी आउने छ । कुनै वरिष्ठ व्यक्तिको सहयोगबाट कार्यको वाधा हटेर लाभको स्थिति बन्ने छ ।

Published Date: 24 February 2025


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न