बिहिबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन ८ । बिहिबार पनि घरेलु बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज १ लाख ७१ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 20 February 2025


ताजा
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?
दुई दिनको बिदाले अस्पतालमा बढायो बिरामीको चाप, भक्तपुर अस्पतालको टिकट काउन्टरमै तनाव


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु