निर्यात व्यापार लगातार बढ्दै , माघ महिनामा मात्रै रू २९ अर्ब बराबरको निर्यात

निर्यात व्यापार लगातार बढ्दै , माघ महिनामा मात्रै रू २९ अर्ब बराबरको निर्यात : Icon Khabar

काठमाडौँ, फागुन ८ । पछिल्ला महिनाहरूमा निर्यात व्यापारमा लगातार बढोत्तरी देखिएको छ। माघ महिनामा मात्रै २९ अर्ब बराबरको निर्यात व्यापार भएको छ। पछिल्लो चार महिनादेखि निर्यात व्यापारमा उल्लेखनीय बढेको हो।

कार्तिक महिनामा १४ अर्ब ३० करोड, मंसिरमा २० अर्ब ९८ करोड र पुस महिनामा २५ अर्ब ३० करोड रुपैयाँको निर्यात व्यापार भएको थियो।

विशेषगरी भटमास र सूर्यमुखी तेलको निर्यात बढोत्तरीले समग्र निर्यात नै वृद्धि भएको छ।

चालू वर्षको पहिलो सात महिनामा अर्थात् साउनदेखि माघ महिनाको अवधिमा १ खर्ब२७ अर्ब रुपैयाँ बढेको निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा ८६ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो।

पछिल्लो महिनाहरूमा आयात व्यापार पनि क्रमश बढ्दै गएको छ। चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको आयत व्यापार भएको छ। यो गतवर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो।

भन्सार विभागले संकलन गर्ने राजस्व १२%ले बढेको छ। भन्सार तथ्यांक अनुसार ७ महिनाको अवधिमा दुई खर्ब ६५ अर्ब रुपैयाँ बराबरको भन्सार राजस्व संकलन भएको छ।

Published Date: 20 February 2025
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक