एमबाप्पेको ह्याट्रिकसँगै रियल अन्तिम १६ मा

एमबाप्पेको ह्याट्रिकसँगै रियल अन्तिम १६ मा : Icon Khabar

काठमाडौं, फागुन ८ । किलियन एमबाप्पेको ह्याट्रिकमा स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।

रियलले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई दोस्रो लेगमा बुधवार ३-१ ले हराएको छ। रियल प्लेअफमा समग्र ६-३ ले अगाडि रह्यो । पहिलो लिगमा रियल ३-२ ले विजयी भएको थियो ।

खेलको चौथो, ३३औं र ६१औं मिनेटमा गोल गर्दै एमबाप्पेले ह्याट्रिक पूरा गरे। सिटीका लागि इन्ज्युरी समयमा निको गोन्जालेजले गोल गरे ।

रियलले क्वाटरफाइनलमा प्रवेशका लागि एट्लेटिको मड्रिड वा जर्मन क्लब लेभरकुसेनको समना गर्नेछ।

डर्टमन्ड, पेरिस सेन्ट जर्मन (पिएसजी) र पिएसभी अन्तिम १६ मा पुगेका छन् । दोस्रो लेगमा स्पोर्टिङसँग गोलरहित बराबरी खेले पनि समग्रमा ३-० को अग्रताले अघि बढ्यो।

ब्रेस्ट लाई ७-० ले हराएको पिएसजी समग्रमा १०-० को नतिजासहित अघि बढ्यो। युभेन्ट्सलाई दोस्रो लेगमा ३-१ ले हराएको पिएसभीले समग्रमा ४-३ अग्रता बनायो।

Published Date: 20 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु