एमबाप्पेको ह्याट्रिकसँगै रियल अन्तिम १६ मा

एमबाप्पेको ह्याट्रिकसँगै रियल अन्तिम १६ मा : Icon Khabar

काठमाडौं, फागुन ८ । किलियन एमबाप्पेको ह्याट्रिकमा स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।

रियलले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई दोस्रो लेगमा बुधवार ३-१ ले हराएको छ। रियल प्लेअफमा समग्र ६-३ ले अगाडि रह्यो । पहिलो लिगमा रियल ३-२ ले विजयी भएको थियो ।

खेलको चौथो, ३३औं र ६१औं मिनेटमा गोल गर्दै एमबाप्पेले ह्याट्रिक पूरा गरे। सिटीका लागि इन्ज्युरी समयमा निको गोन्जालेजले गोल गरे ।

रियलले क्वाटरफाइनलमा प्रवेशका लागि एट्लेटिको मड्रिड वा जर्मन क्लब लेभरकुसेनको समना गर्नेछ।

डर्टमन्ड, पेरिस सेन्ट जर्मन (पिएसजी) र पिएसभी अन्तिम १६ मा पुगेका छन् । दोस्रो लेगमा स्पोर्टिङसँग गोलरहित बराबरी खेले पनि समग्रमा ३-० को अग्रताले अघि बढ्यो।

ब्रेस्ट लाई ७-० ले हराएको पिएसजी समग्रमा १०-० को नतिजासहित अघि बढ्यो। युभेन्ट्सलाई दोस्रो लेगमा ३-१ ले हराएको पिएसभीले समग्रमा ४-३ अग्रता बनायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला