अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौँबाट २४ जना भारतीय नागरिक पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौँबाट २४ जना भारतीय नागरिक पक्राउ : Icon Khabar

काठमाडौँ, फागुन ५ । काठमाडौंको बूढानीलकण्ठमा अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिक पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरूले अनलाइन जुवा खेलाउने गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।

उक्त समूहले दुई/तीन महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रूपैयाँको कारोबार गरेको देखिएको छ। साथै उनीहरूको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप बरामद गरेको एसपी आचार्यले बताए। यस घटनामा थप अनुसन्धान गरिरहेको छ।

Published Date: 18 February 2025


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली