अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौँबाट २४ जना भारतीय नागरिक पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौँबाट २४ जना भारतीय नागरिक पक्राउ : Icon Khabar

काठमाडौँ, फागुन ५ । काठमाडौंको बूढानीलकण्ठमा अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिक पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरूले अनलाइन जुवा खेलाउने गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।

उक्त समूहले दुई/तीन महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रूपैयाँको कारोबार गरेको देखिएको छ। साथै उनीहरूको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप बरामद गरेको एसपी आचार्यले बताए। यस घटनामा थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 February 2025
Website | + posts