नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला फागुन २ गतेदेखि आयोजना हुने

नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला फागुन २ गतेदेखि आयोजना हुने : Icon Khabar

काठमाडौं, माघ २९ । यही फागुन २ देखि ६ गतेसम्म काठमाडौँ को भृकुटीमण्डपमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना हुने भएको छ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको तयारि पुरा भएको महासंघले जानकारी दिएको हो।

नेपालभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरु लाई प्रतिविम्वित गर्ने यस प्रदर्शनीको मुख्य उद्घोष “मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” र “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” भन्ने रहेको छ ।

प्रदर्शनीमा नेपालका सवै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ र प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने रु ७ करोड भन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले बताए।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह–आयोजकको रुपमा अर्गानिक एसोसियसन अफ नेपाल, नेपाल सरकार, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय– व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्ड आदि रहने छन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैहसरकारी संघसंस्थाहरु यसका प्रवद्र्धक र सहयोगी रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 February 2023
Website | + posts