भारत र चीनबीचको सीमा विवाद मिलाउन आवश्यक परे अमेरिकाले भूमिका खेल्छ: ट्रम्प

भारत र चीनबीचको सीमा विवाद मिलाउन आवश्यक परे अमेरिकाले भूमिका खेल्छ: ट्रम्प : Icon Khabar

काठमाडौँ, फागुन २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको सीमा विवाद मिलाउन आवश्यक परे अमेरिकाले भूमिका खेल्ने बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित बिहीबार ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भारत-चीन सीमा विवाद मिलाउन आवश्यक परे आफूले भूमिका खेल्ने बताएका हुन्।

‘भारत र चीनबीच सीमानामा विवाद छ। त्यहाँ झडप पनि भए। आगामी दिनमा पनि नहोला भन्न सकिन्न। आवश्यक पर्छ भने समस्या समाधानका लागि अमेरिका मध्यस्तकर्ताको भूमिका खेल्न तयार छ,’ ट्रम्पले भने।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि आफ्नो घनिष्ट सम्बन्ध भएको बताए। चीन र भारत दुवै देशसँग आफ्नो सम्बन्ध राम्रो भएकाले दुई देशबीचको विवाद समाधान गर्न आफू मध्यस्तकर्ताको भूमिका खेल्न तयार भएको ट्रम्पले बताएका हुन्।

‘मध्यस्तकर्ताको आवश्यकता छ भने म तयार छु,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने।

Published Date: 14 February 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै