बिहीबार नेप्से परिसूचक ७.२६ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ७.२६ अंकले घट्यो : Icon Khabar

काठमाडौं, फागुन १ । बिहीबार नेप्से परिसूचक ७.२६ विन्दुले घटेर २६७८.४७ अंकमा आएर अडिएको छ ।

आज ७ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ३ वटा समूहका सूचक सकारात्मक बनेका छन् । समग्रमा नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । बजार २६ सयको लेबलमा रहेको र २७ सयतिर जान नसकेपछि थप गिरावट देखिएको हो ।

आज ३०२ कम्पनीको १ करोड ५८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड १४ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङस र राधि विद्युत कम्पनी परेका छन् ।

Published Date: 13 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु