आज काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर

आज काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर : Icon Khabar

काठमाडौं, फागुन १ । काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर बनेको छ । विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता मापन गर्दै आएको आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई छ ।

पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित शहरमध्ये पहिलो नम्बरमा छ ।

त्यस्तै नेपालमा भने पोखराको वायु प्रदूषण लगातार दोस्रो दिन पनि देशकै शीर्ष स्थानमा रहेको छ । बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ ।

वातावरण विभागका अनुसार पोखरा पछि दोस्रो स्थानमा काठमाडौंको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ । दुवैको वायु दूषण १८२ एक्यूआई मापन गरिएको छ । त्यस्तै भक्तपुर (१६९), धनगढी (१६७), रत्नपार्क क्षेत्र (१६३), हेटौंडा (१५९) र खुमल्टार (१५९) एक्यूआई वायु प्रदूषण मापन गरिएको छ ।

बिहानैदेखि वायु प्रदूषण उच्च हुँदा जनजीवन प्रभावित हुन थालेको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।

Published Date: 13 February 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु