आज बिहिबारको राशिफल

आज बिहिबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन १ । आज २०८१ फागुन १ गते बिहीबार, तद्अनुसार १३ फेब्रुअरी २०२५ । आज फागुन कृष्ण प्रतिपदा, शोभन बालव मघा, विश्व रेडियो दिवस, कुम्भ संक्रान्ति, सूर्योदय बिहानः ११ः४३ बजे, सूर्यास्त साँझः १७ः५४ बजे ।

आजको राशिफल

मेष: परिवारमा कसैले आज वैवाहिक प्रस्ताव पाउन सक्छ । व्यापार-व्यवसायबाट लाभ पाइने छ । आवश्यक वस्तु समयमा नभेटिनाले खिन्नता हुनेछ । लगानी शुभ रहने छ । आम्दानीमा वृद्धि हुनेछ ।

वृष: प्रसन्नतापूर्वक समय बित्ने छ । व्यवसायमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । कुनै ठूलो काममा हात हाल्नु हुनेछ ।

मिथुन: आज लाभ हुनेछ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता तथा मनोरञ्जनका साधन उपलब्ध हुनेछन् । रचनात्मक कार्य सफल रहने छ ।

कर्कट: लाभको अवसर टर्नेछ । हल्का हाँसो ठट्टा गर्नबाट बच्नु होला । मेहनत बढी गर्नु पर्नेछ । व्यवसाय-व्यापारबाट लाभ हुनेछ ।

सिंह: व्यापार-व्यवसायबाट लाभ मिल्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । घरमा सुख-शान्ति रहने छ । धन प्राप्ति सुगम हुनेछ । लाभको अवसर हात पर्नेछ । समयको अनुकूलताको लाभ लिनु होला ।

कन्या: व्यापारमा सुखद समाचार प्राप्त हुनेछ । मान बढ्ने छ । कुनै नयाँ कार्य प्रारम्भ गर्नका लागि योजना बन्ने छ । लामो यात्राको इच्छा जाग्ने छ ।

तुला: व्यापारले यात्राबाट लाभ पाइने छ । नयाँ काम पाउन सकिने छ । कार्यबाट सन्तुष्टि रहनेछ । परीक्षा तथा अन्तरर्वार्तामा सफलता प्राप्त हुनेछ । प्रसन्नता तथा उत्साहको वातावरण बन्ने छ । लगानीबाट लाभ दिने छ।

वृश्चिक: व्यापार-व्यवसाय लाभदायक रहने छ । परिवारमा सुख-शान्ति कायम रहने छ । फजूल खर्च हुनेछ । स्वास्थ्य कमजोर हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । काममा मन लाग्ने छैन ।

धनु: यात्रा सुखद रहने छ । नयाँ काम हात पर्नेछ । व्यवसायबाट प्रसन्नता रहने छ । समयको अनुकूलताको लाभ लिनु होला । लाभको अवसर हात पर्नेछ । पारिवारिक सहयोगबाट प्रसन्नता रहने छ ।

मकर: योजना पूरा हुनेछ । कार्य पद्धतिमा सुधार हुनेछ । लाभको अवसर हात पर्नेछ । मान-सम्मान पाइने छ । शेयर मार्केटमा हतार गर्नबाट बच्नु होला । भाग्यको साथ पाइने छ ।

कुम्भ: घरमा सुख-शान्ति कायम रहने छ । साथीहरुको सहयोगले लाभमा वृद्धि हुनेछ । लम्बिएका कार्य पूर्ण हुनेछन् । लगानी शुभ रहने छ । प्रसन्नताको वातावरण बन्ने छ, शुभ समाचार प्राप्त हुनेछ ।

मीन: लगानी गर्न हतार नगर्नु होला । आम्दानी भैरहने छ । अज्ञात भयले सताउने छ । बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । कुनै पनि व्यक्तिको उक्साहटमा नआउनु होला ।

Published Date: 13 February 2025








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा