कस्तो छ फागुन महिनाका लागि बैंकहरुको ब्याजदर ?

कस्तो छ फागुन महिनाका लागि बैंकहरुको ब्याजदर ? : Icon Khabar

काठमाडौं, माघ ३० । अधिकांश वाणिज्य बैंकहरुले फागुन महिनाको लागि माघ महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन् ।

ग्लोबल आइएमई बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएको छ भने लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत विन्दुले नै घटाएको छ । बाँकी १८ बैंकको ब्याजदर माघ महिनाकै यथावत छ ।

औसतमा फागुनको लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजद औसत ब्याजदर ६ प्रतिशत निर्धारण भएको थियो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून विन्दुमा आएको हो । तर, कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर घट्दा कर्जा लिनेहरुलाई भने निकै ठूलो राहत हुन्छ ।

ब्याजदर घट्दा लगानीको वातावरण बनाउन भने सहयोग पुग्ने देखिन्छ । झन्डै डेढ वर्षदेखि बैंकहरु लगातारजसो ब्याजदर घटाउँदै आएका छन् । यद्यपि, अपेक्षा अनुसार कर्जा प्रवाह भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 February 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न