कस्तो छ फागुन महिनाका लागि बैंकहरुको ब्याजदर ?

कस्तो छ फागुन महिनाका लागि बैंकहरुको ब्याजदर ? : Icon Khabar

काठमाडौं, माघ ३० । अधिकांश वाणिज्य बैंकहरुले फागुन महिनाको लागि माघ महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन् ।

ग्लोबल आइएमई बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएको छ भने लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत विन्दुले नै घटाएको छ । बाँकी १८ बैंकको ब्याजदर माघ महिनाकै यथावत छ ।

औसतमा फागुनको लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजद औसत ब्याजदर ६ प्रतिशत निर्धारण भएको थियो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून विन्दुमा आएको हो । तर, कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर घट्दा कर्जा लिनेहरुलाई भने निकै ठूलो राहत हुन्छ ।

ब्याजदर घट्दा लगानीको वातावरण बनाउन भने सहयोग पुग्ने देखिन्छ । झन्डै डेढ वर्षदेखि बैंकहरु लगातारजसो ब्याजदर घटाउँदै आएका छन् । यद्यपि, अपेक्षा अनुसार कर्जा प्रवाह भने भएको छैन ।

Published Date: 12 February 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली