नेपाल भ्रष्टाचारले व्याप्त मुलुककै सूचीमा, ३४ अंकसहित १०७ औं स्थानमा

नेपाल भ्रष्टाचारले व्याप्त मुलुककै सूचीमा, ३४ अंकसहित १०७ औं स्थानमा : Icon Khabar

काठमाडौं, माघ २९ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) सार्वजनिक गरेको छ ।

यो सूचीमा नेपाल अघिल्ला वर्ष नेपाल ३५ अंक सहित १०८ औं स्थानमा थियो । यसपटक एक अंक कम पाएर ३४ अंकसहित १०७ औं स्थानमा परेको छ । ५० भन्दा कम अंक पाउनेहरु भ्रष्टाचारले व्याप्त मुलुककै सूचीमा पर्छन् ।

युरोपेली मुलुक डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देश बनेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकअनुसार उक्त देश कुल १०० मध्ये ९० अंक प्राप्त गरेर विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा दर्ज भएको हो ।

डेनमार्क विगत ७ वर्षदेखि एक नम्बर रहँदै आएको छ । यस्तै विगत ५ वर्षमा १८० देशमध्ये ७ वटा मुलुकहरुले भ्रष्टाचार अवधारणा सूचकांकमा उल्लेख्य प्रगति गरेका छन् । ट्रान्सपरेन्सीका अनुसार विश्वका दुई तिहाइ देशहरुले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन् । जसअनुसार सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष ४३ कायम भएको छ ।

यस्तै साउथ सुडान भने विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज भएको छ । सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा परेको छ । नेपालले १०० मा जम्मा ३४ अंक प्राप्त गरेको छ । गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो । यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रुपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।

Published Date: 11 February 2025


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु