क्योरबियनमा ७.६ म्याग्निच्युडको भूकम्प

क्योरबियनमा ७.६ म्याग्निच्युडको भूकम्प : Icon Khabar

काठमाडौँ, माघ २७ । क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिबार बताएका छन् । भूकम्पका कारण कारण सुनामी चेतावनी जारी गरिएको तर पछि हटाइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प कम गहिराइमा गएको थियो । उपलब्ध सबै तथ्याङ्कका आधारमा “यस भूकम्पबाट सुनामीको खतरा टरेको छ र थप कुनै खतरा छैन”, अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ ।

यसअघि सुनामी चेतावनी प्रणालीले क्युबाका केही तटीय क्षेत्रमा करिब १० फिट (तीन मिटर) सम्मका छालहरू आउन सक्ने र होन्डुरस र क्यामन आइल्यान्डमा तीन फिटसम्मका छालहरू आउन सक्ने बताएको थियो ।

Published Date: 09 February 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु