लुम्बिनी प्रदेश सरकारमा १० सदस्सीय मन्त्रिपरिषद् विस्तार

लुम्बिनी प्रदेश सरकारमा १० सदस्सीय मन्त्रिपरिषद् विस्तार : Icon Khabar

बुटवल, माघ २९ । लुम्बिनी प्रदेश सरकारमा १० सदस्सीय मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीले सत्ता साझेदार ४ दल सहितका गरी शनिबार ९ जना मन्त्रीहरूलाई नियुक्त गरी जिम्मेवारी तोके । मन्त्रीहरूको शपथ आज हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (९) अनुसार मन्त्रीहरूको नियुक्ति र कार्य विभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले जानकारी दिए । अब प्रदेश सरकारमा १० जना मन्त्री रहेका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भए । कार्य विभाजन अनुसार माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिला मन्त्रालय, नेकपा एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, माओवादी केन्द्रका इन्द्र जित थारु भौतिक पूर्वाधार विकास मन्त्रालय, एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी माओवादी केन्द्रकी कृष्णा केसी आन्तरिक मामिला,कानुन तथा सहकारी मन्त्रालय,एमालेका दुर्गाप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय,राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकी प्रसाद यादवलाई उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय,एमालेका तुलसीराम शर्मालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका चन्द्र केश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Published Date: 12 February 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ