एम्बाप्पे र बेन्जेमासँगै मेस्सी फिफाको द बेस्ट अवार्डका लागि छनाेट

एम्बाप्पे र बेन्जेमासँगै मेस्सी फिफाको द बेस्ट अवार्डका लागि छनाेट : Icon Khabar

काठमाडौं, माघ २९ । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सी फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्डको छनोटमा परेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले ‘फिफा द वेस्ट अवार्ड’को अन्तिम मनोनयनमा लियोनल मेस्सी स‌‌गै पेरिस सेन्ट जर्मेनका किलियन एमबाप्पे र रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमा शुक्रबार घोषणा गरेका थिए ।

लियोनल मेस्सीले गत वर्ष कतारमा भएको फाइनलमा एम्बाप्पेको फ्रान्सलाई पराजित गर्दै मेस्सीले अर्जेन्टिनालाई तेस्रो विश्वकपको उपाधि दिलाएपछि प्रतियोगितामा सात गोल गरेका र दोस्रो गोल्डेन बल जितेका थिए ।

विश्वकप गोल्डेन बुट विजेता एम्बाप्पे र फ्रान्सको २०२२ बालोन डी’ओर विजेता बेन्जेमा भने पहिलो पटक तीन फाइनलमा परेका छन्।

उत्कृष्ट महिलातर्फ भने इंग्ल्याण्डलाई युरो २०२२ को उपाधि दिलाएपछि फरवार्ड बेथ मीडलाई प्रतियोगिताको प्रमुख गोलकर्ता र प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा मनोनयन गरिएको छ। त्यसैगरी स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले घुँडाको चोटका कारण जुलाईदेखि बाहिरिए पनि लगातार दोस्रो वर्ष सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड मनोनयनमा परेका छन् । त्यसै सन् २०१९ मा फाइनल पुगेका संयुक्त राज्यका फरवार्ड एलेक्स मोर्गनको नाम पनि मनोनयन सूचीमा परेको छ ।

विजेताहरूको घोषणा फेब्रुअरी २७ मा पेरिसमा एक समारोहमा गरिनेछ।

Published Date: 12 February 2023


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी