नेपाल टेलिकमले कमायो कुल ६ अर्ब २३ करोड खुद नाफा

नेपाल टेलिकमले कमायो कुल ६ अर्ब २३ करोड खुद नाफा : Icon Khabar

काठमाडौं, माघ २२ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । २१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै टेलिकमले यसबारे जानकारी गराएको हो ।

‘कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ,’ टेलिकमले बताएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी रहेको टेलिकमले बताएको छ । अर्थतन्त्रका सूचांक नकारात्मक भएको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमार्फत कम्पनीले भनेको छ ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरिसकेको बताइएको छ ।

त्यस्तै, टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको बताइएको छ । जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार, एचटीटीफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेको टेलिकमले जनाएको छ ।

Published Date: 04 February 2025


ताजा
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली