आज (माघ २१ गते) देखि ८ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने

आज (माघ २१ गते) देखि ८ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने : Icon Khabar

काठमाडौं, माघ २१ । आज (माघ २१ गते) देखि ८ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि माघ २९ गतेसम्म काडमाडौं केही ठाउँमा विद्युत सेवा बन्द गर्न लागेको जनाएको छ ।

यी स्थानमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । जसमा आज पहिलो दिन टंगाल र नक्साल फिडर (बानेश्वर) बाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । भत्केकोपुल चाबहिल वरपरका क्षेत्रमा आज विद्युत् सेवा उपलब्ध हुने छैन ।

Published Date: 03 February 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर